काठमाडौँ — गत आर्थिक वर्षको अन्त्यसम्म मुलुकको कुल विदेशी विनिमय (मुद्रा) सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ पुगेको छ, जुन २०८० असारको तुलनामा ३२.६ प्रतिशतले वृद्धि भएको हो।
२०८० असारमा मुलुकको विदेशी मुद्रा सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो। २०८१ असारसम्म अमेरिकी डलरमा यस्तो सञ्चिति १५ अर्ब २७ करोड पुगेको छ, जुन २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड थियो। यस अवधिमा अमेरिकी डलरमा पनि सञ्चिति ३०.४ प्रतिशतले वृद्धि भएको छ।
राष्ट्र बैंकले गत आर्थिक वर्षको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने दाबी गरेको छ।