तेजश रेग्मी र गोविन्द पौडेलको मौलिक गीत "तालको पानी"

काठमाण्डौ । आफ्ना हरेक सिर्जनामा मौलिक पन दिने लोकप्रिय गायक तथा सर्जक तेजश रेग्मीको नयाँ गीत तालको पानी भर्खर मात्र सार्वजनिक भएको छ । 

यस अगाडि पनि दर्शकले निकै मन पराएको जोडी यो गीतमा देख्न सकिन्छ । रेग्मीलाई आवाजमा उनै चर्चित गायिका रिना केसीले साथ दिएकी छन । रेग्मीका हरेक गीतमा मौलिक पन पाइन्छ यो गीतमा पनि दर्शक स्रोताले त्यो विशेषता पाउने छन । 

गोविन्द पौडेलको शब्द सिर्जना रहेको गीतमा रेग्मी आफैले लय सिर्जना गरेका छन । कुमार केसीको निर्देशन रहेको सो गीतको म्युजिक भिडियोमा लोमश शर्मा,तेजश रेग्मी र अस्मिता रनपालको अभिनय रहेको छ । 

गीत सार्वजनिक भए पछि आर्थिक सन्देशसँग कुरा गर्दै गायक रेग्मीले आफ्ना विगतमा सिर्जनामा दर्शक स्रोताको अत्यधिक माया पाए जसरी यो गीतलाई पनि सबैले मन पराइदिनेमा आफूहरू आशावादी रहेको बताउनु भयो । 

 

प्रतिक्रिया