काठमाडौ - लोकप्रिय गायक तथा सर्जक गणेश अधिकारीको आवाज तथा अभिनय रहेको नयाँ भाग्य रेखा भर्खर मात्र सार्वजनिक भएको छ ।
माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनेको छ । गणेश अधिकारी,कमला पोख्रेल र मोहन विकको आवाज रहेको गीतलाई श्याम सेन्चुरी र विकास जिएमले शब्द कोरेका हुन भने मोहन विकले लय सिर्जना गरेका छन् ।
गीतको म्युजिक भिडियोमा गणेश अधिकारी,सुस्मिता गिरी र सावित्रा पौडेलको अभिनय रहेको छ । गीतलाई अधिकारी आफैले निर्देशन गरेका छन् ।
गीत सार्वजनिक भएपछि आर्थिक सन्देशसँग कुरा गर्दै अधिकारीले गीत सार्वजनिक भएपछि सबैबाट राम्रो प्रतिक्रिया आइरहेको बताउनु भयो ।