राजमार्गको धुलोले रोगी बन्दै जनता,चुप छ सरकार म्याद थप्दै ठेकेदार

काठमाण्डौ । यसो त नेपालका प्राय सबै विकास निमार्णका कामहरु कछुवाको गतिमा छन् । त्यसमाथि सडक क्षेत्रको कुरै नगरौं । न समयमा काम हुन्छ न त गुणस्तरिय काम नै हुन्छ । 

अहिले नेपालमा विशेष गरि ३ राजमार्गको निर्माण कार्य भइरहेको छ । मुग्लिन–पोखरा सडक खण्ड,नाराणघाट–बुटवल सडक खण्ड र काठमाण्डौ–मुग्लिन सडक खण्ड । तीन आयोजनाको काम कछुवाको गतिमा छ भने समयमा काम सकिने कुनै सुरसार छैन ।

सडक निमार्णमा भएको ढिला सुस्तीले सवारी आगमनमा मात्र असर परेको छैन ती राजमार्ग आसपासमा बस्ने जनताले निकै पिडा खेपी रहेका छन । धुलो र हिलोले त्यस क्षेत्रका जनतालाई रोगी बनाइरहेको छ । सडक निर्मांण गर्दा न्यूनतम मान्यता समेत पालना नगर्दा राजमार्गको अबस्था बेहाल छ । 

सबै बाटो भत्काएर समयमा पानी समेत नहाल्दा सडकमा आवतजावत गर्ने साथै स्थानियले नरकिय जिवन विताउन बाध्य भएका छन । यस सम्बन्धी भिडियो रिपोर्ट हेर्नुहोस । 

 

प्रतिक्रिया