अब १० दिन मै हातमा स्मार्ट लाइसेन्स

काठमाडौं - लामो समय देखि रोकिएको लाइसेन्स छपाईको काम अर्को साता देखि सुरु हुने भकै छ । यातायात व्यास्था विभागले नयाँ स्मार्ट कार्ड खरिद गरिसकेको हुँदा अब धमाधम छपाईको काम सुरु हुने जनाएको छ । 

दैनिक १० हजार हाराहारीमा छापेर माघ सम्ममा अहिले सम्मका बाँकी छापी सक्ने साथै माघ पछि १० दिन मै स्मार्ट लाइसेन्स दिने विभागको तयारी छ । 

यो व्यवस्था उपत्यका भित्र मात्र लागू हुने छ । बाहिरका कार्यालयहरुमा भने अलि बढी समय लाग्ने विभागको भनाइ छ । 

खरिद गरी आएका कार्डको यही साता सम्ममा गुणस्तर परीक्षण हुने र अर्को सातादेखि छपाईको काम सुरु गरिने विभागले जनाएको छ । बिहान ७ बजे देखि बेलुकी ११ बजे सम्म २ सिफ्टमा छपाईको काम गर्ने गरी तयारी अगाडि बढेको छ । 

विगत दुई वर्ष देखि सवारी परीक्षा पास गरेका सेवाग्राही सानो चिटको भरमा हिँडिरहेका छन् । विभागले अहिले १४ लाख कार्ड ल्याई सकेको छ । 

प्रतिक्रिया