ग्लोबल आइएमई बैंकको “ग्लोबल आइएमई डिबेन्चर २०८४/८५” ५ अर्ब बराबरको डिबेन्चर ११.२५% व्याज सहित पाँच वर्षको लागि निष्काशन गर्न सन्राइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।
उक्त कार्यको लागि ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले डिबेन्चर शेयर निष्काशन गर्ने सम्झौता गरेका हुन् ।