इन्धनको मूल्य सँगै घट्यो हवाई भाडा यस्तोछ नयाँ भाडादर

काठमाडौंँ - हवाई भाडा घटेको छ । सरकारले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो ।

सङ्घका अनुसार काठमाण्डौदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै ८८५ रुपैयाँ भाडा घटेको छ । यो गन्तव्यका लागि ७ हजार ५१० रुपैयाँ कायम भएको छ । काठमाण्डौदेखि धनगढीसम्म अधिकतम भाडा १६ हजार एक सय ४० रुपैयाँ कायम भएको छ ।

काठमाण्डौबाट हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा ६८५ भाडा घटेर अधिकतम १४ हजार २०५ रुपैयाँ रहेको छ । काठमाण्डौ–सिमरामा १८० रुपैयाँ भाडा घटेको छ । त्यस्तै काठमाण्डौ–भद्रपुरमा ६ सय रुपैयाँ, काठमाण्डौ–विराटनगरमा ४८५ रुपैयाँ, काठमाण्डौ–जनकपुरमा २६० रुपैयाँ, काठमाण्डौ–भरतपुरमा २१५ रुपैयाँ र काठमाण्डौ–पोखरामा ३२० रुपैयाँ भाडा घटेको छ ।

प्रतिक्रिया