सेयर बजारमा उच्च कारोबार भएका पाँच कम्पनी


काठमाडौं– सेयर बजारमा आम सर्वसाधारण लगानीकर्ताको समेत आकर्षण बढे पछि संस्थागत र व्यवस्थित हुँदैछ । कतिपय कम्पनीले सेयरधनीलाई लाभांश दिन सक्षम भएका आधारमा बजार बढिरहेको हुन्छ भने कतिपय कम्पनीमा लहडको भरमा लगानीकर्ताले लगानी गरिरहेका हुन्छन् ।


नेपालको सेयर बजारमा पाँच कम्पनीहरु लगानीकर्ताको उच्च प्राथमिकतामा छन् । ती कम्पनीले राम्रो प्रतिफल पनि दिन्छन् । सेयर बजारमा उच्च मूल्य भएर कारोबार हुनेमा नबिल बैंक, नेपाल पुनर्बीमा कम्पनी, नेपाल लाइफ इन्स्यारेन्स, नेपाल टेलिकम, निफ्रा पर्छन् ।


नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेयर मूल्य १२९२ रुपैयाँ रहेको छ । यसको सेयर कुनै समय ३ हजार रुपैयाँसम्म पुगेको थियो । कम्पनीले आर्थिक वर्ष २०७५÷७६ को तुलनामा लाभांश घटेको हो। यसअघि इन्स्योरेन्सले ३१ प्रतिशत सेयर र २० प्रतिशत नगद गरी कुल ५१ प्रतिशत लाभांश वितरण गरेको थियो। आर्थिक वर्ष २०७७÷७८ को पनि लाभांश घोषणा हुन बाँकी नै रहेको छ । कम्पनीको चुक्ता पुँजी ७ अर्ब १९ करोड रुपैयाँ रहेको छ। बजार पुँजीकरण खर्ब भन्दामाथी रहेकोमा अहिले घटेर ९३ अर्ब रुपैयाँमा आइपुगेको छ।

नेपाल पुनर्बीमा कम्पनीले पछिल्लो एक वर्ष एकछत्र दोस्रो बजारमा कारोबार गरिरहेको छ । पुनर्बीमाले एक वर्षमा ४९ अर्ब ८ करोड ८१ लाख ९२ हजार बराबरको ३ करोड ८ लाख ८ हजार ७८१ कित्ता सेयर कारोबार भएको थियो। एक वर्षमा कम्पनीको सेयर मूल्य न्यूनतम ११०५ रुपैयाँमा कारोबार भएको थियो भने उच्चतम २०१० रुपैयाँसम्म पुगेको थियो। जसको बिहीबार ११२५ रुपैयाँमा प्रत्तिकित्ता कारोबार भएको थियो । १ खर्ब ३१ अर्बको पुँजीकरण भइसकेको कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। बीचमा कम्पनीको १६ दशमलव ५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजनसमेत भएको छ। 

नेपाल टेलिकम पनि अर्को कम्पनी हो । जसको प्रतिकित्ता बिहीवार १६९० रुपैयाँ कायम भएको थियो ।  चालु आवको मुनाफा (२०७८ पुस मसान्त) मा  ६० करोड ८४ लाख ८१ हजार (अर्थात १८.४९ प्रतिशत) ले वृद्धि भई ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको नाफाबाट ४० प्रतिशत लाभांश दिएको कम्पनीले यो वर्ष पनि सोही हाराहारीमा नगद लाभांश दिने सम्भावना रहेको छ । केही समय अगाडि बोनस सेयरसम्मको चर्चा चले पनि यसपटक पनि त्यो सम्भावना छैन। कम्पनीको ५२ हप्तामा न्यूनतम मूल्य ९७२ रुपैयाँ रहेको थियो। अधिकतम केहि दिन अगाडि मात्रै १७९९ रुपैयाँ पुगेको थियो। कम्पनीको बजार पुँजीकरण २ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ। 


नबिल बैंकले नाफासँगै लगानीकर्तालाई राम्रो नाफा दिन्छ । नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्तीपश्चात बैंकको प्राथमिक पुँजी ४३ अर्ब, चुक्ता पुँजी २२.५ अर्ब, कर्जा रकम ३ सय अर्ब, निक्षेप रकम ३ सय १४ अर्ब हुनेछ। गैरकोषमा आधारित व्यवसायको आकार १ सय ३० अर्ब माथि हुनेछ। शाखा संजाल तत्कालै २ सय ३५ पुग्नेछन्। ग्राहक संख्या १६ लाख माथि हुनेछ ।   नबिल बैंकले चालु आर्थिक वर्ष २०७८÷०७९ को  ६ महिनामा २ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.२० प्रतिशत बढी हो। बैंकको नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको थियो। प्रतिसेयर आम्दानी २९.९९ रुपैयाँबाट घटेर २३.५९ रुपैयाँमा झरेको छ।


सेयर बजारको बढ्दो क्रममा सूचीकृत भएको नेपाल इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) पछिल्लो समयको जल्दोबल्दो कम्पनी बनेको छ।  कम्पनी राम्रो भए पनि सेयर मूल्य अन्डर भ्यालुमै रहेको अनुमान गरिएको छ। कम्पनीको सेयर मूल्य ३५४ रुपैयाँमा बिहीबार कारोबार भएको छ। कम्पनीको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने कम्पनीको बजार पुँजीकरण ७६ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ। ३४० रुपैयाँबाट कारोबार सुरु भएको कम्पनी ७२६ रुपैयाँसम्म पुगेको थियो। तर नेप्से परिसूचक लगातार घटेपछि निफ्राको सेयर मूल्य २६८ रुपैयाँसम्म झरेको थियो। निफ्राको ५२ हप्ताको कारोबारमा सबैभन्दा अधिकतम ७२६ र न्यूनतम २६८.५० रुपैयाँ सेयर मूल्य रहेको थियो ।  दोस्रो बजारमा हटकेक बनेको निफ्राले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४४ करोड २६ लाख ४८ हजार खुद नाफा कमाएको छ। गत वर्षभन्दा यस वर्ष नाफा २५ दशमलव ६६ प्रतिशत वृद्धि भएको हो। गत वर्ष यस अवधिसम्म कम्पनीले ३५ करोड २२ लाख ५५ हजार रुपैयाँ नाफा गरेको थियो ।


 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय