काठमाण्डौ । नेपाल सांगीतिक क्षेत्रमा लोप हुँदै गइरहेको लोक गीत संरक्षणमा युवा गायक तथा सर्जक सागर विरहीले सक्रियता देखाएका छन ।
उनले भर्खर मात्र नयाँ एकल गीत सार्वजनिक गरेर त्यसमा एक इट्टा थपेका छन । उनले भर्खर मात्र सार्वजनिक भएको नयाँ गीत तिम्रै यादमा बोलको गीत भर्खर मात्र सार्वजनिक भएको छ ।
सागर विरहीको लय तथा शब्द सिर्जना रहेको सो गीतले माया प्रेमलाई विषय बनाइएको छ । गीत सार्वजनिक पछि आर्थिक सन्देशसँग कुरा गर्दै विरहीले व्यवसायिक भन्दा पनि मौलिकताको संरक्षण गर्न आफूले गीतहरू सिर्जना गरिरहेको बताउनु भयो ।