विष्णु खत्रीको उत्कृष्ट शब्दमा पूजा र सुप्रीमले गाए "धादिङ गल्छीमा"

काठमाण्डौं - नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक तथा सर्जक विष्णु खत्रीको उत्कृष्ट शब्द साथै सुमधुर लय सिर्जना रहेको नयाँ गीत "धादिङ गल्छीमा" भर्खर मात्र सार्वजनिक भएको छ । 

गीतमा बालकलाकारहरु सुप्रीम मल्ल र पूजा देवकोटाले आवाज दिएका छन् । खत्रीले गीतमा निकै चोटिला शब्द संयोजन गरेका छन् भने उस्तै लय समेत चयन गरेका छन् । 

गीतलाई विष्णु खत्रीको आफ्नै युट्यूब च्यानलबाट सार्बजनिक गरिएको छ भने गीतको म्युजिक भिडियोको निर्देशन विक्रम चौहानले गरेका छन् साथै संगीत संयोजन कृष्ण केसीले गरेका छन्। 

 

प्रतिक्रिया