काठमाण्डौ । हिन्दु धर्माबलम्बीहरूको महान पर्व शिवरात्रि नजिक नजिक आइरहेको अवसरमा केही कलाकारहरूले शिवको विषय उठाएर गीत सार्वजनिक गरिरहेका छन ।
यसैक्रममा धौलागिरीका होनाहार सर्जक तथा गायक योगेश काजीको नयाँ गीत जय शम्भु भर्खर मात्र सार्वजनिक भएको छ । अहिले सार्वजनिक भएका गीत मध्यकै उत्कृष्ट यो गीतमा योगेशको संगीत रहेको छ भने लोकराज अधिकारीले गीतको शब्द कोरेका हुन । गीतमा योगेश काजी,चक्र बम,मेघा पौडेल,सारिका घिमिरे र रमेश बिसीको आवाज रहेको छ ।
गीतको भिडियोमा निमार्ण युनिटले निकै मेहनत गरको देख्न सकिन्छ । राजीव समरको निर्देशन रहेको म्युजिक भिडियोमा आर्यन सिग्देल,योगेश काजी,चक्र बम लगायत आधा दर्जन कलाकारको अभिनय रहेका छ । गीतको संगीत संयोजन समेत योगेश काजीकै रहेको छ ।