सर्जक नारायण कँडेलको कलमले कोरेको "गल्ती"

काठमाण्डौ । जापानमा रहेर पनि निरन्तर नेपाली गीत संगीतमा आफ्नो सिर्जना प्रस्तुत गरिरहने लोकप्रिय सर्जक नारायण कँडेलको उत्कृष्ट सिर्जना गल्ती भर्खर मात्र सार्वजनिक भएको छ । 

थोरै सिर्जना गर्ने तर निकै दमदार सिर्जना गर्ने कँडेलको पछिल्लो गीतमा समेत मुटु छुने शब्द सिर्जना गरेका छन । गीतमा लय भने चर्चित गायक तथा सर्जक खेम सेञ्चुरीले गरेका छन । साथै विक्रम परियार र सुनिता बुढाको गीत आवाज दिएका छन । 

विनोद भण्डारीले कलात्मक निर्देशन गरेको गीतमा विनोद भण्डारी र अर्चना काउछा मगरको अभिनय रहेको छ । गीतले दर्शक स्रोताबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको छ ।

 

प्रतिक्रिया