काठमाण्डौ । पछिल्लो समय एक पछि अर्को हिट गीतमा आवाज दिएर चर्चामा आएकी लोकप्रिय गायिका शान्ती श्री परियारको बुरा बुझ्नु पर्छ पछि झुसे बारुलाले सामाजिक सञ्जालमा निकै चर्चा कमाउन सफल भइरहेको छ ।
पछिल्लो गीत झुस्य बारुलालाई टिकटकमा अत्यधिक दर्शकले भिडियो बनाएका छन । गीत केहि समय पहिला सार्वजनिक भए पनि अहिले चर्चामा आएको छ । गीतको अडियो उत्कृष्ट भए पनि भिडियोमा भने केहि गल्ती भएको दर्शकले प्रतिक्रिया दिएका छन ।
गीतलाई शान्ती श्री परियार र खेम सेञ्चुरीले आवाज दिएका छन । गीतलाई खेम सेञ्चुरीले लय तथा शब्द सिर्जना गरेका छन भने काजिश श्रेष्ठले गीतको निर्देशन गरेका छन ।