काठमाडाैं - चितवनमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका-९ स्थित शिकारिपुर बस्ने ५० वर्षिया सरस्वती महत्तो रहेको प्रहरीले जनाएको छ।
उनको आइतवार बिहान ९ बजेतिर परेको चट्याङ लागेर मृत्यु भएको प्रहरीले बताएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, गोठमा भैंसीलाई कुडो हाल्न जाँदा महतोलाई चट्याङ लागेको थियो।
चट्याङ लागेर गम्भीर घाइते भएकी महत्तोलाई उपचारको लागि बघौडा अस्पताल बसन्तपुर लगिएको थियो। त्यहाँ उनको उपचारको क्रममा बिहान १०:५० बजे मृत्यु भएको थियो।