बिनोद भण्डारीको कुशल निर्देशनमा बन्यो "रहरले हैन मायालु"

काठमाडौं - यसो त धेरैले पछिल्लो समय गीत संगीतको माहोल केही सेलायो र गुणस्तरीय गीतहरू सार्वजनिक भएनन् भन्ने गुनासो गरिरहेका छन् । 

आम्दानीका बाटोहरू साँगुरिदै जानु र कलाकारहरू पलायन हुनु एउटा मुख्य कारण हो यो क्षेत्रमा मन्दी छाएको। यही कठिन समयमा नयाँ र एउटा बोझिलो गीत रहरले हैन मायालु सार्वजनिक भएको छ। 

गीतमा पछिल्लो समय नेपाली समाजमा देखिएको युवा पलायनलाई प्रष्टसँग गीत र भिडियो मार्फत देखाइएको छ । गीतलाई कुशल संकलक नेत्र अर्यालले शब्द कोरेका छन् भने अहिलेका चर्चित सर्जक खेम सेन्चुरीले लय भरेका छन् । 

खेम सेन्चुरी र सुनिता बुढाले आवाज दिएको सो गीतको सम्पूर्ण पक्ष उत्कृष्ट रहेको छ। साथै गीतको भिडियोको पक्ष झन् दमदार बनाइएको छ।

विदेशिने नेपालीहरूमाथि बनेका गीतमा युवा निर्देशक बिनोद भण्डारी आफ्नो कला निकै देखाउने गरेका छन्। यो गीतमा पनि उनै भण्डारीले आफ्नो निर्देशकीय कला प्रस्तुत गरेका छन्। गीतले विभिन्न क्षेत्रका युवाहरू देशमा भविष्य नदेखेर प्रदेशीयको कुरालाई उतारिएको छ। भण्डारीले आफ्नो जीवनमा गरेको उत्कृष्ट काम मध्यको यो पनि एउटा काम हो भन्दा फरक नपर्ला।

उसले गीतमा निर्देशन मात्रै होइन कुशल अभिनय पनि गरेका छन्। अभिनयमा उनलाई खेम सेन्चुरी,जुना गुरुङ नेत्र अर्याल लगायतका कलाकारहरुले साथ दिएकाछन्। 

 

प्रतिक्रिया