विष्णु खत्रीको उडी जाने जहाज भित्र नेपालीको दर्दनाक कहानी - भिडियो सहित

काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रका सक्रिय तथा लोकप्रिय कलाकार विष्णु  खत्रीको नयाँ गीत उडि जाने जहाज भर्खर मात्र सार्वजनिक भएको छ । 

खत्रीले सार्वजनिक गरेको पछिल्लो गीतले परदेसिने नेपाली र तीनका परिवारमा त्यसले पारेको असरलाई निकै उत्कृष्ट रुपमा देखाइएको छ । गीतलाई खत्री आफैले लय तथा शब्द सिर्जना गरेका छन भने आवाज भने बाल कलाकार सुप्रिम मल्ल र विष्णु खत्रीको रहेको छ । 

अडियो जस्तै गीतको भिडियो समेत त्यतिनै उत्कृष्ट बनाइएको छ । गीतमा खत्रीको आफ्नै निर्देशन रहेको छ भने विष्णु खत्री,स्मारिका ढकाल र सारिन केसीको अभिनय रहेका छ । गीतलाई दर्शक स्रोताको अत्यन्तै राम्रो प्रतिक्रिया समेत आइरहेको छ । 

विष्णु खत्री युउटुव च्यानलबाट गीत सार्वजनिक गरिएको छ । 

 

प्रतिक्रिया