भर्खर सार्वजनिक भएको गीत एयरपोर्टमा छु टिकटकमा लोकप्रिय बन्दै,हजारौ दर्शकले बनाए भिडियो

काठमाडौं । केहि समय पहिला सार्वजनिक भएको लोकदोहोरी एयरपोर्टमा छु सामाजिक सञ्जाल टिकटकमा निकै रुचाइएको छ । गीतका यो समाचार तयार पार्दा सम्म ५० हजार भन्दा धेरै दर्शकले भिडियो बनाइसकेका छन । 

जापानमा रहेर पनि निरन्तर नेपाली गीत संगीतमा कलम चलाइरहेका युवा सर्जक दिपक कँडेलको गीतमा मुटुछुन शब्द सिर्जना गरेका छन । विदेश जानु पर्ने नेपालीहरुको बाध्यतालाई विषय बनाई तयार पारिएको सो गीतको अडियो र भिडियो निकै उत्कृष्ट रहेको छ । 

गीतलाई दीपक कँडेलले शब्द सिर्जना गरेका छन् भने गायक गणेश अधिकारीले लय सिर्जना गरेका छन् । गीतमा आवाज भने अधिकारी र सुनिता बुढाको रहेको छ । विनोद भण्डारीले निर्देशन गरेको गीतमा विनोदलाई अभिनयमा सारिका केसीले साथ दिएकी छन् । 

गीतको बारेमा धेरै विदेशमा बस्ने नेपालीहरुबाट प्रतिक्रिया आइरहेको साथै आफुहरुलाई उर्जा समेत मिलेको निमार्ण युनिटले हामीलाई जानकारी दिएको छ । 

 

प्रतिक्रिया