घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार हेर्नुहोस्

काठमाडौं - मंगलबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ ।सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ कायम भएकोमा मंगलबार ७ सय रुपैयाँले घटेर ९८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ कायम भएकोमा मंगलबार ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भएकोमा मंगलबार १० रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया