• गृहपृष्ठ /
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • मुख्य खबर ,
  • अर्थतन्त्र ,
  • बीमा

६४ करोडको नयाँ आइपीओ आउने पक्का

काठमाडौं–शेयर बजारमा एक पछि अर्को कम्पनीले प्राथमिक शेयर (आईपीओ) जारी गरिरहेका छन् । अब यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । धितो पत्र बोर्डले ६४ करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर बिक्री गर्न अनुमति दिएको छ ।

 यहि असार भित्रै प्राथमिक शेयर बिक्री गरि बाँडफाँड गर्ने तयारी गरेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ ।

कम्पनीले आइपिओ निष्काशनका लागि ‘इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार उक्त रेटिङले कम्पनीको प्राथमिक शेयरमा गरिएको लगानी मध्यम किसिमको सुरक्षा रहेको संकेत प्रदान गर्छ ।

कम्पनीको शाखा सञ्जाल २०२ वटा रहेको छ भने सक्रिय अभिकर्ताको संख्या १४ हजार भन्दा धेरै रहेका छन् अर्को तर्फ कम्पनीबाट अभिकर्ताको काम गर्न ५० हजार भन्दा धेरैले लाइसेन्स प्राप्त गरेका छन् ।

हाल कम्पनीको नेटवर्थ दुई अर्ब ३१ करोड रुपैयाँ भन्दा माथि छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको नेटवर्थ तीन अर्ब भन्दा माथि हुनेछ ।

कम्पनीको प्रमुख शेयरधनीहरुमा शेखर गोल्छाको १९.९ प्रतिशत, साहिल अग्रवालको १९.९ प्रतिशत, सुलभ अग्रवालको १८ प्रतिशत, सन्दिप कुमार अग्रवालको ६.६ प्रतिशत, शरद कुमार टिवरेवालको ६.६ प्रतिशत शेयर पूँजी रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ । प्राथमिक शेयर निष्काशन पछि संस्थापक शेयरधनीहरुको हिस्सा ७० प्रतिशत र सर्वसाधारणको शेयर हिस्सा ३० प्रतिशत हुनेछ ।

प्रतिक्रिया