कमल ढकाल गैंडाकोट /असार १ – विश्व रक्तदाता दिवस २०२४ को अवसरमा गैंडाकोट स्थित मौलाकालिका मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मौलाकाली केवलकार लि , मिसन रेड” र एस.डि फाउन्डेसन र ब्लड डोनर्स सोसाइटी नेपालको संयुक्त आयोजनामा मौलाकालिका मन्दिरमा कार्यक्रम सम्पन्न भएको हो ।
सहयोगी संस्थाहरु Canadian Study centre , जगतपुर ई बजार, ए एन्ड ए ट्रेडर्स , एक्स्पर्ट भिसा सर्भिसेस भरतपुर , नेपाल कल्याण समाज जापान ,धार्मिक सेवा समिती एवं सम्पुर्ण स्वयंसेवि ब्याक्तित्वहरु सहभागी कार्यक्रममा २८ जना महिला र ८८ जना पुरुष गरी जम्मा ११६ जनाले रक्तदान गरेका थिए ।