गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको लागि बाटो खुल्यो

चितवन । लामो समयदेखि अलपत्र रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम अब सुरु हुने भएको छ । 
भरतपुरमहानगरपालिकाले एक अर्ब १० करोडको ठेक्का आह्वान गरेसँगै अब काम सुरु हुने आशा पलाएको छ । 

रंगशालालाई १० हजार क्षमताको प्याराफिटसहित मैदानलगायतका भौतिक पूर्वाधार निर्माणका लागि ३० महिनाभित्र काम गरिसक्ने गरी टेण्डर आह्वान गरिएको छ । 

सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ ।  मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३,३ तलाको टावर बनाइने छ ।

निमार्णको लागि ३० महिना ठेक्काको म्याद तोकिएको छ । यसअघि रंगशाला सम्बन्धी नै कामकाज गरेको ५८ करोडभन्दा बढी टर्न ओभर गरेको अनुभवी ठेकेदार कम्पनी हुनुपर्ने मापदण्डमा राखिएको छ ।

प्रतिक्रिया