काठमाडौं -: लोकप्रिय गायक तथा शब्द संकलक तेजश रेग्मीको केहि समयको अन्तरालपछि नयाँ गीत सार्वजनिक भएको छ ।
तेजश रेग्मीको केही समयको अन्तरालपछि नयाँ गीत आएको हो । अडियो र भिडियो सम्पूर्ण पक्ष निकै दमदार रहेको गीतमा तेजश रेग्मी र समीक्षा अधिकारीले आवाज दिएका छन् ।
नयाँ गीत फुर्के जुँगा पछिल्लो समय चलेको ट्रेण्ड सुहाउँदो रहेको छ । गीत सार्वजनिक पछि दर्शक स्रोताको राम्रो प्रतिक्रिया समेत पाएको छ ।
सपना बानियाँको शब्द तथा तेजश रेग्मीको लय सिर्जना गीतलाई आदित्य बुढाथोकीले निर्देशन गरेका छन् । सुधीर श्रेष्ठ र रोशनी कार्कीको अभिनय रहेको गीतलाई तेजश रेग्मी YouTube च्यानलबाट सार्वजनिक गरिएको छ ।