एकै दिन करिब ७ हजार संक्रमित थपिए

काठमाडौँ - पछिल्लो २४ घण्टामा ६७३४ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट ५७४७ र एन्टिजेन परीक्षणबाट ९८७ जनामा कोरोना पुष्टि भएको हो। 

२४ घण्टामा १७ हजार ४६५ परीक्षण भएको छ। जसमा पीसीआर १४ हजार १४ र एन्टिजेन ३ हजार ४५१ भएको । ५४७ जना कोरोनामुक्त हुँदा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

सक्रिय सक्रमितको स‌ंख्या ३० हजार ८७७ पुगेको छ । 

प्रतिक्रिया