साताको पहिलो दिन आईतवार सुनको मूल्य घट्यो

काठमाडौंं - नेपाली बजारमा सुनको भाउ सस्तिएको छ । साताको पहिलो कारोबार दिन छापावाला सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो ।

अघिल्लो दिन अर्थात शुक्रबार ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९१ हजार ८ सय रुपैयाँ कायम नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ तोलामा ९१ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, आइताबार चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार १७० रुपैयाँ कायम भएको छ । शुक्रबार भने १ हजार २ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया