कमल खनालको दर्शकलाई कोसेली - पुरानो सुपरहिट गीतलाई नयाँ स्वरुप र आवाज

काठमाण्डौ । एक दशक भन्दा पहिला सार्वजनिक भएर दर्शक स्रोताको मन जित्न सफल भएको सुपरहिट गीत भेट हुँदा बोले हुन्छ नी गीत दर्शकले अडियो र भिडियो मार्फत हेर्न पाउने भएका छन । 

पुरानो गीत कतै नपाएपछि सोही गीतलाई नयाँ रुपमा सार्वजनिक गरिएको गीतका गायक तथा सर्जक कमल खनालले आर्थिक सन्देशलाई बताउनु भयो । नयाँ सार्वजनिक भएको गीतमा केही शब्द परिमार्जन गरिएको छ भने गायक गायिकाहरू पनि नयाँ राखिएको छ । 

गीतमा अहिलेका चर्चित गायक विक्रम परियार र शान्ति श्री परियारले आवाज दिएका छन भने गीतको शब्द तथा लय भने जानकी पन्थ र कमल खनाल दुवै मिलेर बनाएका हुन । गीतको अडियो भने निकै दमदार बनाइएको छ । गीतमा अमित सुनारको निर्देशन रहेको छ भने अनिल पौडेल र एन्जिला केसीको अभिनय रहेको छ । 

 

प्रतिक्रिया