लगातार छैटौँ दिन हरियो रह्यो नेप्से, ६ अर्ब ६७ करोडभन्दा बढीको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार छैटौँ दिन पनि बढेको छ।

आज नेप्से परिसूचक ७.२५ अंक (०.२६ प्रतिशत) ले वृद्धि हुँदै २,७२६.४९ बिन्दुमा पुगेको हो।

आज कुल ६ अर्ब ६७ करोड १० लाख १७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। १ करोड ४९ लाख २४ हजार ३०२ कित्ता शेयर ७५ हजार १० पटकको कारोबारमार्फत खरिद–बिक्री भएको छ।

कारोबारमा सहभागी कम्पनीमध्ये १०३ कम्पनीको शेयर मूल्य बढेको, १६२ कम्पनीको घटेको तथा १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

उपसूचकतर्फ वाणिज्य बैंक, लगानी तथा उत्पादन तथा प्रशोधन समूहमा वृद्धि देखिएको छ। व्यापार समूहको उपसूचक सबैभन्दा धेरै २.८८ प्रतिशतले बढ्दा ‘अन्य’ समूह १.२० प्रतिशतले उकालो लागेको छ। बाँकी सबै उपसूचक भने घटेका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय