नेप्से सूचक घट्दा पनि कारोबार रकम ११ अर्ब नाघ्यो

काठमाडौं — साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट देखिए पनि केही कम्पनीको सेयर मूल्य भने उच्च दरमा वृद्धि भएको छ।

बिहीबार नेप्से सूचक २४।५९ अंकले घटेर २६२९।०८ अंकमा बन्द भयो। मंगलबार र बुधबार सामान्य गिरावट देखिए पनि आज सबै समूह राताम्य भएका छन्।

तर बजार घटे पनि कारोबार रकम भने उल्लेखनीय रूपमा बढेको छ। आज एकै दिन ११ अर्ब २३ करोड १४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

बजार समग्रमा ओरालो लागे पनि केही कम्पनीको सेयर मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ।
पञ्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य बिहीबार ९।९८ प्रतिशतले वृद्धि भई ३७०।५० रुपैयाँ पुगेको छ। प्रतिकित्ता मूल्य ३३।६२ रुपैयाँले बढेको हो।

त्यस्तै, मध्यभोटेकोशी हाइड्रोपावरको सेयर मूल्य ५।५५ प्रतिशतले र शिवश्री हाइड्रोपावरको ४।०४ प्रतिशतले वृद्धि भएको छ।
कुल ४७ वटा कम्पनीको सेयर मूल्य बढेको देखिएको छ, जसले बजारमा आंशिक सकारात्मक संकेत पनि दिएको छ।

प्रतिक्रिया