लामो समयपछि नेप्सेमा हरियाली,कारोबार रकम भने स्थिर

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार पुनः सुधार देखिएको छ। नेप्से परिसूचक ३०.५२ अंकले बढेर २६४५.२० अंकमा पुगेको छ, जसले बजारमा सकारात्मक संकेत देखाएको छ।

आज नेप्सेमा ५३ अंकको उतारचढाव देखिए पनि कुल कारोबार रकम भने घटेको छ। आइतबार ६ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ४ अर्ब ४८ करोड ३६ लाख रुपैयाँमा सीमित रह्यो।

आज २१० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ३३ कम्पनीको मूल्य घटेको छ। कुनै पनि कम्पनीको सेयर मूल्य स्थिर भने रहेन। कुल ३२६ कम्पनीको कारोबार भएकोमा ५८ हजार २३५ पटक सेयर किनबेच भएको छ।

सेक्टोरल सूचक हेर्दा सबै १३ समूह हरियाली देखिए। फाइनान्स समूह ३.७५ प्रतिशतको वृद्धि सहित २,५४६.११ विन्दुमा पुगेको छ, जबकि म्युचुअल फण्ड समूह न्यून ०.४९ प्रतिशतले मात्र बढेको छ।

प्रतिक्रिया