मङ्गलबार नेप्से दोहोरो अङ्कले घट्यो, कारोबार रकम पनि ओरालो लाग्दै

काठमाडौं– साताको पहिलो दुई दिन निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार दोहोरो अंकले घटेको छ। मंगलबार नेप्सेमा ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार बराबरको शेयर कारोबार भएको थियो भने नेप्से १४.८ अंकले झरेको छ। 

मंगलबारको शेयर कारोबारमा १६२ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने ७१ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि दर्ज गरिएको छ। त्यस्तै, ९ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। 

आजको कारोबारमा जलविद्युत क्षेत्र र अन्य सूचक बाहेक सबै सूचकहरू नकारात्मक रहेसँगै नेप्से २७१५.९१ बिन्दुमा आइपुगेको छ। आजको कारोबारमा जोशी हाइड्रोपावर डेभलपमेन्टका शेयर कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन्। 

तर, कर्पोरेट डेभलपमेन्टका शेयर कारोबारीले भने आज सबैभन्दा धेरै घाटा बेहोरेका छन्।

प्रतिक्रिया