नेप्से १९ अंकले घट्यो, कारोबार ५ अर्ब नाघ्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा भारी गिरावट आएको छ। आज नेप्से परिसूचक १९ दशमलव ३४ अंकले घटेर २ हजार ६२२ दशमलव ४८ बिन्दुमा झरेको हो। नेप्से आज ०.७३ प्रतिशतले घटेको छ।

कारोबार अवधिभर बजारमा बिक्री चाप देखिँदा नेप्से निरन्तर ओरालो लागेको थियो। कारोबारको सुरुवातदेखि नै घट्न थालेको बजार अन्तिम समयसम्म आइपुग्दा १९ अंकभन्दा बढीले घटेर बन्द भएको हो।

आज कुल ५ अर्ब ७ करोड ३५ लाख १८ हजार ६६२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस क्रममा १ करोड ५१ लाख ९६ हजार ९८२ कित्ता सेयर किनबेच भएको छ।

कारोबार भएका कम्पनीमध्ये अधिकांशको सेयर मूल्य घटेको छ। आज २१७ कम्पनीको सेयर मूल्य घट्दा ५७ कम्पनीको मूल्य बढेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिनको कारोबारमा घट्ने कम्पनीको संख्या बढ्ने कम्पनीको तुलनामा निकै धेरै देखिएको छ। यसले समग्र बजारमा बिक्रीकर्ता हाबी भएको देखाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय