काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.९९ अंकले घटेको छ। कारोबार रकम झण्डै ८ अर्ब रुपैयाँ पुग्दा पनि सूचकमा ओरालो देखिएको हो। आज नेप्सेमा कुल ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
दैनिक कारोबारमा १५३ कम्पनीको शेयर मूल्य घटेको छ भने ९४ कम्पनीको शेयर मूल्यमा वृद्धि देखिएको छ। एक कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
आजको कारोबारमा रिभर फल्स पावर लिमिटेडको शेयरले लगानीकर्तालाई सबैभन्दा धेरै नाफा दिएको छ। विपरीत, ओम मेगाश्री फार्मास्युटिकल्स कम्पनीको शेयरले सबैभन्दा धेरै घाटा ब्यहोरेको छ।