नेप्से २१.२७ अंकले बढ्यो, सिइडिबी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाए

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज साताको पहिलो कारोबार दिन २१.२७ अंकले बढेर २१४०.९७ अंकमा पुगेको छ।

आज १ करोड ४० लाख १४ हजार ६२२ कित्ता शेयरको कारोबार हुँदा नेप्सेमा १५० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ८२ वटा कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, आज १५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।

आजको कारोबारमा सिइडिबी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने मैलुङखोला जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्।

आज ८० हजार ८३८ वटा कारोबारबाट ६ अर्ब २९ लाख ३१ हजार ८५४ रुपैयाँ बराबरको कारोबार भएको थियो।

प्रतिक्रिया