नेप्सेको कारोबार रकममा उछाल,नेप्से भने स्थिर

काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार सामान्य वृद्धि देखाउँदै २६५८.६६ अंकमा रोकिएको छ। आइतबारको तुलनामा कारोबार रकममा उल्लेख्य वृद्धि भए पनि नेप्से सूचकांक भने केवल २.८० अंकले मात्र उक्लिएको हो।

दिनभरको कारोबारमा १३ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कुल १२४ कम्पनीका सेयर मूल्यमा वृद्धि हुँदा उस्तै संख्याका १२४ कम्पनीको सेयर घटेका छन्, जसले बजारमा समग्र स्थिरता झल्काएको देखिन्छ।

नेप्से सूचकांक थोरै अंकले बढे पनि केही प्रमुख उपसमूहहरु जस्तै वित्त, जलविद्युत्, लगानी, उत्पादनमूलक र अन्य समूहमा गिरावट आएको छ। यद्यपि बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त, म्युचुअल फन्ड, निर्जीवन बीमा र व्यापार समूहको सूचकांकमा भने सुधार देखिएको छ।

यस दिन पियोर इनर्जी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै नाफा कमाउन सफल भएका छन् भने उपर हेवाखोला हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै घाटा बेहोरेका छन्।

प्रतिक्रिया