नेप्सेमा सामान्य सुधार, परिसूचक ४.७९ अंकले बढ्यो

काठमाडौं । दिनभरको उतारचढावबीच बुधबार सेयर बजार सामान्य बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ४ दशमलव ७९ अंकले बढेर २ हजार ६ सय ६७ दशमलव ९७ बिन्दुमा पुगेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। ३५० कम्पनीका १ करोड ६७ हजार ७ सय ३२ कित्ता सेयर ४ अर्ब ४० करोड ९८ लाख ८६ हजार रुपैयाँमा किनबेच भएका छन्।

मंगलबार ४ अर्ब ७ करोड ८ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। उक्त दिन १ करोड ७ लाख ६१ हजार ३ सय ९६ कित्ता सेयर कारोबार भएको थियो।

आज होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य समूहका उपसूचक बढेका छन्। व्यापार समूहको उपसूचक १ दशमलव ६० प्रतिशत र हाइड्रोपावर समूहको उपसूचक १ दशमलव ४५ प्रतिशतले बढेको छ। बाँकी सबै समूहका उपसूचक घटेका छन्।

कारोबार भएका कम्पनीमध्ये १२२ कम्पनीको सेयर मूल्य बढेको छ भने १४३ कम्पनीको मूल्य घटेको छ। ११ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

आज सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सर्वाधिक १४ दशमलव ९९ प्रतिशतले बढेको छ। त्यस्तै, शिखर पावर डेभलपमेन्टको सेयर मूल्य ५ दशमलव ९१ प्रतिशतले बढेको छ।

यता, एभरेष्ट कलर लिमिटेडको सेयर मूल्य सर्वाधिक ९ दशमलव ०३ प्रतिशतले घटेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय