सोमबार पनि नेप्सेमा सामान्य सुधार, कारोबार रकम ६ अर्ब नाघ्यो

काठमाडौं। नेप्से परिसूचक सोमबार सामान्य सुधारको साथ बन्द भएको छ। आज परिसूचक झन्डै ७ अंकले बढेर २६०८ बिन्दुमा पुगेको छ।

आज ३११ कम्पनीको ६ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। कारोबार भएका कम्पनीमध्ये ११८ को शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीहरूको घटेको छ।

आज सबैभन्दा धेरै कारोबार रिभर फल्स पावरको शेयरमा भएको छ।

उपसूचकहरूतर्फ वित्तीय क्षेत्रका सबै समूहहरू रातो (घटेको) अवस्थामा रहे भने अन्य र उत्पादन समूहमा सुधार देखिएको छ।

प्रतिक्रिया