लगातार तेस्रो दिन सेयर बजारमा गिरावट, कारोबार रकममा भने सुधार

काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन दोहोरो अंकको गिरावट आएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १५.२१ अंकले घटेर २७४२.७६ विन्दुमा झरेको छ।

यस दिन कारोबार रकममा भने अघिल्ला दिनको तुलनामा केही सुधार देखियो। कुल ३२२ कम्पनीका १ करोड ४० लाख ९ हजार ७०८ कित्ता सेयर किनबेच हुँदै ६ अर्ब ५४ करोड ८६ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ।

गत बिहीबार भने ३१९ कम्पनीका १ करोड ६८ लाख ५५ हजार ९०६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब २ करोड रुपैयाँमा सीमित भएको थियो।

क्षेत्रगत सूचक हेर्दा उत्पादन तथा प्रशोधन समूहबाहेक सबै समूह घटेका छन्। यस दिन विकास बैंक समूह १.६७ प्रतिशतले र जलविद्युत समूह १.०८ प्रतिशतले सबैभन्दा बढी घटेका हुन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय