नेप्से दोहोरो अंकले उकालो, कारोबार रकम ९ अर्ब नाघ्यो

काठमाडौं । साताको अन्तिम कारोबारी दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। नेप्से आज २७.१५ अंकले बढेर २,७३३.०६ विन्दुमा पुगेको हो।

सेयर कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ। बिहीबार ३१२ कम्पनीका २ करोड ६४ लाख ७० हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ६८ करोड २४ लाख रुपैयाँ नाघेको छ। अघिल्लो दिन अर्थात् बुधबार, ३१६ कम्पनीका १ करोड १५ लाख २२ हजार कित्ता सेयर किनबेच भएर ७ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको थियो।

आजको दिनमा अधिकांश समूहहरूमा हरियाली छाएको छ। बैंकिङ समूह सबैभन्दा बढी ३.१५ प्रतिशतले उकालो लागेको छ भने व्यापार समूह १.१० प्रतिशत र जलविद्युत समूह ०.१९ प्रतिशतले ओरालो लागेका छन्।

प्रतिक्रिया