नेप्से बिहीबार १५.९३ अंकले घट्यो, ८ अर्बको कारोबार

काठमाडाैं - आज (बिहीबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.९३ अंकले घटेको छ। ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ बराबरको १ करोड ६७ लाखभन्दा बढी कित्ता शेयर कारोबार हुँदा नेप्सेको पुँजीकरणमा ०.५७ प्रतिशतले गिरावट आयो।

जीवन बिमा र व्यापार समूहबाहेक सबै समूहका सूचक नकारात्मक रहे। यद्यपि, ४० कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको मूल्य घटेको छ। तीन कम्पनीको शेयर मूल्य स्थिर रह्यो।

खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाए भने सपोर्ट माइक्रो फाइनान्सका लगानीकर्ताले धेरै घाटा बेहोरे।

प्रतिक्रिया