काठमाडौं । बिहीबार सेयर बजारमा गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक १२।८४ अंकले घटेर २,६६९।३१ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०।४७ प्रतिशतले गिरावट हो । बिहीबार ६२ कम्पनीको सेयर मूल्य बढ्दा १७५ कम्पनीको मूल्य घट्यो भने ७ कम्पनीको मूल्य स्थिर रह्यो ।
बजारमा ५५,४७६ पटक कारोबार भई ९५,९९,३४३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिनको तुलनामा कारोबार रकम समेत घटेको छ ।
राजनीतिक अस्थिरता र खराब कर्जाको असर
स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतिका अनुसार पछिल्लो समय राजनीतिक अस्थिरताका कारण ठूला लगानीकर्ताहरू बजारमा प्रवेश गर्न हिचकिचाइरहेका छन् । उनले बैंक तथा वित्तीय संस्थाहरूमा ऋण असुलीको समस्या रहेको र लगातार बढेको खराब कर्जाले तेस्रो त्रैमासमा थप असर पार्ने अनुमान गरे ।
यो साता सेयर बजार लगातार घटेको छ । गत बिहीबार २,७३६।४८ बिन्दुमा रहेको नेप्से परिसूचक साताभर घटेर २,६६९।३१ बिन्दुमा आएको छ । आइतबार २१।६३, सोमबार १०।१४, मंगलबार ७।६६, बुधबार १४।८८ र बिहीबार १२।८४ अंकले नेप्से घटेको हो ।
यो साता कुल ३४ अर्ब ५३ करोड २१ लाख ६४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार सबैभन्दा धेरै ८ अर्ब २३ करोड ५२ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । सबैभन्दा कम कारोबार बुधबार ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार रुपैयाँ बराबरको रह्यो ।
साताभर व्यापार ९६४।४४ अंक० र अन्य ९७४।६१ अंक० उपसमूहमा वृद्धि देखिएको छ भने अन्य उपसमूह घटेका छन् ।
उपसमूह | गिरावट (अंकमा) | नयाँ बिन्दु |
---|---|---|
बैंकिङ | ३०.४४ | १,३५९.५३ |
होटल तथा पर्यटन | ३६.८१ | ६,५३९.६३ |
जलविद्युत् | ११०.९७ | - |
विकास बैंक | २२७.०० | - |
निर्जीवन बीमा | ३४०.९९ | - |
जीवन बीमा | ५१९.८२ | - |
साताभर बजारमा निरन्तर गिरावट देखिए पनि लगानीकर्ताहरू व्यापार र अन्य उपसमूहतर्फ आकर्षित भएका छन् ।