नेपाल माइक्रो इन्स्योरेन्सले आजदेखि आईपीओ निष्काशन

काठमाडौं। नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज (माघ ८) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन सुरु गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले आफ्नो ७५ करोड रुपैयाँको जारी पुँजीको ३० प्रतिशतले हुने २२ करोड ५० लाख रुपैयाँ बराबरका २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न स्वीकृति पाएको छ। यसमध्ये १० प्रतिशतले हुने २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।

यसका साथै, ३ प्रतिशत (६७ हजार ५०० कित्ता) कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत (१ लाख १२ हजार ५०० कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि खुला हुनेछ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले माघ २२ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक, वित्तीय संस्था, तिनका शाखा कार्यालयहरू, र ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

आईपीओको व्यवस्थापक एनआईएमबीएस क्यापिटल लिमिटेड हो। कम्पनीको रेटिङमा केयर रेटिङ नेपालले 'केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ' प्रदान गरेको छ। यो रेटिङले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया