काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारद लुँइटेल नियुक्त भएका छन्।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुँइटेललाई नेप्सेको सीईओमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्। लुँइटेल यसअघि तारागाउँ विकास समितिको सदस्य सचिवको जिम्मेवारी सम्हालिसकेका छन्।