• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

नागरिक स्टक डिलरले सर्वसाधारणलाई तीन अर्बको शेयर दिने

काठमाडौं–नेपालमा पब्लिक कम्पनीमा लगानी गर्ने क्रम बढेको छ । पुँजी बजारमा सर्वसाधारणको आकर्षण बढेपछि निजीमात्र नभएर सरकारी संस्थाहरुले समेत विभिन्न कम्पनी बनाएर लगानी गरिरहेको छन् ।

पहिलो पटक सरकारी संस्थाहरु मिलेर सर्वसाधारणलाई समेत शेयर दिने गरी स्टक डिलर कम्पनी ल्याउन लागेका छन् । कर्मचारी सञ्चयकोषको नेतृत्वमा १० अर्ब रुपैयाँको नेपाल स्टक डिलर कम्पनी ल्याउन लागिएको हो । कर्मचारी संचय कोष सहित सामाजिक सुरक्षा कोष, राष्ट्रिय बीमा संस्थान तथा राष्ट्रिय बीमा कम्पनीले लगानी गर्न लागेका हुन् ।

१० अर्ब रुपैयाँको कम्पनीमा करिब तीन अर्ब रुपैयाँ सर्वसाधारणलाई शेयर दिने योजना छ । कम्पनीमा ३० प्रतिशत शेयरे सर्वसाधारणको रहेन सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए । कम्पनी स्थापना गर्नको लागि कम्पनी प्रवन्धपत्र र नियमावली बनिसकेको उनले बताए ।
उक्त कम्पनीमा कर्मचारी संचयकोषको २५ प्रतिशत लगानी रहने छ भने अन्य तीन संस्थाको १५÷१५ प्रतिशत लगानी रहने प्रवक्ता विवेक पन्थीले बताए । सामाजिक सुरक्षा कोष ऐनले अहिलेको पोटफोलियोका २० प्रतिशत लागनी गर्न पाउने प्रावधान भएकोले अब छिट्टै धितोपत्र बजारको दोस्रो बजारमा प्रवेश गर्ने तयारी गरेको छ । केही समय अघि सञ्चालन अनुमति पाएको नागरिक स्टक डिलर पनि सञ्चालनमा आउने क्रममा रहेको छ ।

पुँजीबजार औपचारिक रूपमा सुरु भएको २७ वर्षपछि स्टक डिलर सञ्चालनमा आउने भएको हो । नागरिक लगानी कोषको सहायक कम्पनी ‘नागरिक स्टक डिलर’ लाई धितोपत्र बोर्डले सञ्चालन अनुमतिपत्र दिइसकेको छ ।पुँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोषजस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थालाई अनुमतिपत्र प्रदान गरिएको बोर्डले बताएको छ ।

स्टक डिलर कम्पनीले २० करोड रुपैयाँभन्दा कम चुक्ता पुँजी भएका साना कम्पनीको सेयर कारोबार गर्न नपाउने प्रावधान धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालन कार्यविधि, २०७७ मा छ । धितोपत्र व्यापारिले २० करोडभन्दा कम चुक्ता पुँजी भएका कम्पनीलाई नियमित कारोबारमा समावेश गर्न पाइने छैन । साना कम्पनीको सेयर किनबेच गर्न अनुमति दिँदा ती कम्पनीको सेयर एकीकृत (कर्नरिङ) गरी मूल्यमा उचारचढाव ल्याउन सक्ने सम्भावना रहन्छ । यसकारण कार्यविधिमै साना कम्पनीको सेयर कारोबार गर्न नपाउने व्यवस्था गरिएको नेप्सेले जनाएको छ ।

यो संस्थाले चुक्ता पुँजीका आधारमा एक पटकमा १० हजारदेखि अधिकतम ५० हजार कित्तासम्म सेयर किनबेच गर्न पाउने व्यवस्था कार्यविधिमा छ ।
कार्यविधिका अनुसार ८ अर्ब रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी भएका कम्पनीको ५० हजार कित्तासम्म, ५ अर्बदेखि ८ अर्ब रुपैयााँभन्दा कम चुक्ता पुँजी भएको कम्पनीको ४० हजार, २ देखि ५ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको ३० हजार, १ अर्ब रुपैयाँदेखि २ अर्ब रुपैयाँसम्म चुक्ता पुँजी भएको कम्पनीको २५ हजार, ५० करोडदेखि १ अर्ब रुपैयाँसम्म चुक्ता पुँजी भएका कम्पनीको २० हजार कित्ता सेयर किनबेच गर्न पाउने व्यवस्था कार्यविधिमा उल्लेख छ ।

के हो स्टक डिलर ?
सेयर बजारमा हुने अस्वाभाविक उतारचढाव न्यूनीकरण गरी स्थिरता ल्याउने काम मार्केट मेकर र स्टक डिलरको हो । कम्पनीले हरेक दिन बजार खोल्नुअघि आफूले खरिद–बिक्री गर्ने कम्पनीको सूची सार्वजनिक गर्नुपर्छ । यसमध्ये मार्केट मेकरले आफूले खरिद–बिक्री गर्ने कम्पनीको नाम र मूल्य पनि सार्वजनिक गर्नुपर्छ । तर स्टक डिलरले कम्पनीको नाम मात्र सार्वजनिक गरे पुग्छ । खरिद–बिक्री गर्ने कम्पनीको मूल्य सार्वजनिक गरिरहनु पर्दैन ।

प्रतिक्रिया