• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

सानिमा फण्डमा लगानीकर्ता आकर्षित, कति आवेदन पर्यो ?

काठमाण्डौं–सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सानिमा लार्ज क्याप फन्ड’ को शेयर खरिद गर्न लगानीकर्ता आकर्षित भएका छन् । सानिमाले सर्वसाधारणका लागि आह्वान गरेको शेयरमा आइतबार साँझसम्म ४ करोड ५० बढी इकाइ खरिदका लागि आवेदन परेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

४५ करोड ५८ हजार १०० रुपैयाँबराबरको इकाइ खरिदका लागि ३६ हजार ८४० आवेदकबाट ४ करोड ५० लाख ५ हजार ८१० इकाइ खरिदका लागि आवेदन परेको हो । सानिमाले गत शुक्रबारबाट शेयर निष्कासन खुला गरेको थियो ।
प्रतिइकाइ मूल्य रु. १० दरका १० करोड इकाइमध्ये १ करोड ५० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको १५ प्रतिशत इकाइ कोष प्रबद्र्धक सानिमा बैंक तथा योजना व्यवस्थापक सानिमा क्यापिटललाई सुरक्षित राखिएको छ । बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।

यसमा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड इकाइसम्मका लागि खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा माघ १३ गते र ढिलामा माघ २६ गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया