• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

पिपुल्स हाइड्रोपावरले साढे ८२ करोकको आईपीओ निष्कासन गर्ने

काठमाडौं–पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । पिपुल्सले ८२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ ।

कम्पनीले लमजुङ्ग जिल्लामा निर्मााण गर्न लागेको सुपर दोर्दी जल विद्युत आयोजना ‘ख’ ५४ मेगावाटका लागि लगानी जुटाउन आईपीओ निकाल्न लागेको हो । कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मंगलबार नियुक्त गरेको छ ।

कम्पनीको जारी पूँजी २ अर्व ७५ करोड रुपैयाँ छ । जसमध्ये कम्पनीले ८२ करोड ५० लाख मात्र बराबरको एक सय रुपैयाँ अंकित दरको ८२ लाख ५० हजार कित्ता शेयरहरु निष्काशन गर्ने भएको हो ।

उक्त शेयर आयोजना प्रभावित क्षेत्रका स्थानियवासी तथा सर्वसाधारण लगानीकर्तामा बाँडफाँड हुनेछ । कम्पनीले पक्रिया पु¥याएर धितो पत्र बोर्डबाट अनुमति प्राप्त गरे पछि आईपीओ निष्कासन गर्ने जनाएको छ ।

प्रतिक्रिया