• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

सबै भन्दा ठूलो बैँकको आईपीओमा सवा १५ लाख भन्दा धेरै आवेदन, ५० कित्ता भन्दा धेरै पर्ने सम्भावना कम

काठमाडौ – नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)को जारी शेयरमा सवा पन्ध्र लाख भन्दा धेरै आवेदकको आवेदन परेको छ । सेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार साँझ ६ बजेसम्म आईपीओमा १५ लाख २९ हजार ४६० आवेदकले १८ करोड १२ लाख ८६ हजार ७२० कित्ता खरिदका लागि आवेदन दिएका छन्। यो कुल १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँबराबरको आवेदन हो।

सेयरको आवेदन खुला गरिएको माघ २ देखि ६ सम्मको पाँच दिनमा निफ्राको सेयर माग गर्दै १५ लाखभन्दा धेरै आवेदन परेको कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख राम महतले जानकारी दिए ।आवेदकहरुबाट करिब १८ अर्ब रुपैयाँ बराबरको सेयरका लागि आवेदन परेको छ । यो कुनैपनि कम्पनीको आईपीओका लागि परेको सबैभन्दा ठूलो रकमको आवेदन हो ।

कम्पनीले प्राविधिक समस्याका कारण आवेदन दिने समय १ घन्टा थप गरेको थियो । प्रारम्भिक आँकडा यति १५ लाख आए पनि अन्तिम आवेदक बढ्न सक्ने प्रबन्धकको भनाई छ ।

प्रतिक्रिया