• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

स्वाभिमान लघुवित्तको बोनस घोषणा, डेढ करोड बोनस सेयर दिने

काठमाडौ – स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तको माघ ४ गते सम्पन्न ४९ औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको बोनस अघिल्लो आवको तुलनामा ४ प्रतिशत कम हो । आव २०७५/७६ बाट लघुवित्तले २४ बोनस र १.२७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले डेढ करोड रुपैयाँको बोनस सेयर दिने भएको छ । स्वाभिमानले गत वर्षको लाभांशमा २० प्रतिशतले हुन आउने १ करोड ५३ लाख ४२ हजार ३६० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । स्वाभिमानले कर प्रयोजनार्थ १.०५ प्रतिशतले हुन आउने ८ लाख ७ हजार ४९२.६३ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

स्वाभिमान लघुवित्त वित्तीय संस्था सञ्चालक बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी ७ करोड ६७ लाख ७ हजार ६४० रुपैयाँको कुल २१.०५ प्रतिशतले हुन आउने १ करोड ६१ लाख ४९ हजार ८५२.६३ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो ।
लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरे पछि वितरण गर्ने जनाइएको छ ।

प्रतिक्रिया