• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

आजदेखि सिंगटी जलविद्युत् कम्पनीको आईपीओ निष्कासन,कति दिने आवेदन ?

काठमाण्डौं–बैंक,बीमा कम्पनी, पव्लिक कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) धमाधम निष्कासन गरिरहेको बेला एक जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएपछि सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ (आज) आइतबारबाट निष्कासन गरेको हो ।

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले ४३ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति पाएको थियो । ४३ लाख ५० हजार कित्ता मध्ये पहिलो चरणमा आईतबारबाट आयोजना प्रभावित स्थानीय दोलखाको विगु र कालीञ्चोक गाउँपालिकाका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । आजबाट त्यहाँका स्थानीयले आईपीओ भर्न सक्नेछन् ।

स्थानीयले नेपाल बैंक दोलखा सिंगटी, सेन्चुरी बैंक दोलखा सिंगटी, कालीञ्चोक गाउँपालिका वडा नं २ र सिंगटी हाइडोपावरको आयोजना अफिस दोलखामा आवेदन दिन सक्नेछन् ।माघ ४देखि माघ १८ गतेसम्म आर्ईपीओ भर्ने समय तालिका तोकिएको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेडले जनाएको छ ।

स्थानीय पछि दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ खोल्ने कम्पनीले जनाएको छ । सिंगटीले दोलखामा २५ मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिररहेको छ । यो आईपीओ कम्पनीको चुक्तापुँजीको ३० प्रतिशतबराबरको हुनेछ ।

आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत हिस्सा रहनेछ । जसअनुसार संस्थापक समूहको कुल सेयर १ अर्ब १ करोड ५० लाख रुपैयाँ बराबरको हुनेछ ।रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सिंगटी हाइड्रोको आईपीओलाई औसतभन्दा कम अवस्था जनाउने ग्रेड ४ रेटिङ दिएको छ ।

प्रतिक्रिया