• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

अर्को नयाँ आईपीओ आउने तयारीमा

काठमाडौं–स्थानीयका लागि प्राथमिक शेयर (आईपीओ) जारी गरिसकेको ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणका लागि पनि आईपीओ जारी गर्ने तयारी गरेको छ ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण शेयर जारी गरेको थियो । ग्रीनलाईफले दोस्रो चरणमा पनि १८ लाख कित्ता आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ । केही समयमा मिति तय हुने कम्पनीले जनाएको छ ।
हाइड्रोपावर कम्पनीले काठमाडौं क्यापिटललाई शेयर निष्काशक तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । कमलपोखरी काठमाडौंमा प्रधान कार्यालय रहेको ग्रिनलाईफ हाइड्रोपावरमा संस्थापक समूहतर्फ जारी पूँजीको ८० प्रतिशत अर्थात एक अर्ब ४४ करोड रुपैयाँ पूँजी चुक्ता भैसकेको छ ।
कम्पनीले दोलखाको मार्बु गाविसमा ४० मेगावाटको खानिखोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कूल लागत ६ अर्ब ३९ करोड ३८ लाख अनुमान गरिएको छ । यसअनुसार प्रतिमेगावाट लागत १७ करोड ३३ लाख पर्ने देखिन्छ ।

ग्रीनलाईफ हाइड्रोपावर २०६६ असोज ४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट कम्पनीको रुपामा दर्ता भई २०७४ असार ९ गतेदेखि पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएको हो । कम्पनीले विद्युत विकास विभागबाट वि.सं.२०६८ बैशाखमा विद्युत उत्पादन गर्ने अनुमति पाएको थियो ।

प्रतिक्रिया