अबदेखि शेयर खरिद बिक्री फर्छ्यौट २ दिनभित्र गरिसक्नु पर्ने,लगानीकर्तालाई फाइदा

काठमाडौ – शेयर खरिद बिक्री गरे वापतको राफसाफ अब उप्रान्त २ दिन भित्र गर्नु पर्ने भएको छ । यस अघि ३ दिनमा गर्नुपर्ने नियम थियो ।

आज एक विज्ञप्ति मार्फत धितोपत्र बोर्डले शेयर कारोबार राफसाफ कारोबार समयको दुई दिनभित्र सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

बोर्डले उक्त व्यवस्था सिडिएस एण्ड क्लियरिङ हाउसले आवश्यक व्यस्थापन गरी सार्वजनिक सूचनामार्फत गर्ने बोर्डले जनाएको छ । टी+२ लागू भएपछि कारोबार समय छोट्टिएर धितोपत्र कारोबार थप गतिशिल, सहज र सरल हुने विश्वासका साथ नयाँ व्यवस्था लागू गरिएको धितोपत्र बोर्डका सह–प्रबक्ता रुपेश केसीद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

नयाँ नियम लागू भएपछि यसकै फाइदा सिधै लगानीकर्तालाई हुने छ । आफूले किनेको शेयर समयमै आफ्नो खातामा आउने मात्र हैन समयमै पुनः बेच्न समेत पाइनेछ । खरिदको भुक्तानी गर्ने समय समेत अब एक दिनको मात्र हुने छ ।

प्रतिक्रिया