प्रिमियर इन्स्योरेन्सले शेयरबाट कमायो ९ करोड

काठमाडौं-प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर बेचेर यसै त्रैमासमा ९ करोड नााफा बढाएको छ ।

प्रिमियरलले नेपाल पुनर्बीमा कम्पनीलाई सो सेयर प्रतिकित्ता १९०० रुपैयाँको दरले लिलाम प्रक्रिया मार्फत बेचेको हो । प्रिमियरले लिलाममा तेस्रोपल्ट राखेको सेयरलाई पुनर्बीमा कम्पनीले सकारेको थियो । सो सेयरको लागत एक करोड कटाई बाँकी ९ करोड प्रिमियरको पूँजीगत जगेडामा समाबेश हुने भएको छ ।

प्रिमियरसँग नेपाल पुनर्बीमासहित अरु ७० वटा कम्पनीका अर्बौ रुपैयाँ बराबरका सेयर स्वामित्व छ ।

प्रतिक्रिया